Below Menu
Below Menu

पाँच वर्ष पुरानो नगद लाभांश लैजान सिटिजन्स बैंकको आग्रह

पाँच वर्ष पुरानो नगद लाभांश लैजान सिटिजन्स बैंकको आग्रह

काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकले पुरानो लाभांश लिन आफ्ना शेयरधनीलाई अनुरोध गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश लैजान शेयरधनीलाई अनुरोध गरेको हो ।

बैंकले शेयरधनीलाई आवश्यक कागजात लिई ३५ दिनभित्र सिटिजन्स क्यापिटल लिमिटेडमा गएमा लाभांश दाबी गर्न सक्ने जनाएको छ ।

लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ अनुसार ५ वर्षसम्म पनि शेयरधनीले लाभांश नलगेमा सो लाभांश कोषमा जम्मा हुने व्यवस्था रहेको छ ।

Advertisment

थप समाचार