काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८० कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब २४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ११ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु), हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो । आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment