काठमाडौं : नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त कम्पनीलाई मर्जकार लागि अन्तिम स्वीकृति दिएको छ । बोर्डले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थालाई मर्जर प्रक्रियाका लागि फागुन ९ गते अन्तिम स्वीकृती दिएको हो ।
यी दुई कम्पनीले गत माघ २४ गते मर्जरको अन्तिम स्वीकृतीका लागि धितोपत्र बोर्डसमक्ष संयुक्त आवेदन दिएका थिए । धितोपत्र बोर्डले एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा ४ बमोजिम अन्तिम स्वीकृती प्रदान गरिएको जनाएको छ ।
सामुदायिक लघुवित्तमा बिपिडब्लु लघुवित्त गाभ्नका लागि नेपाल राष्ट्र बैंकले गत माघ १० गते मर्जरका लागि स्वीकृती दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन ८ गते स्वीकृती प्रदान गरेको छ । यी दुई कम्पनी १ः०.८५३५ अनुपातको स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् ।
Advertisment