काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी फागुन ३ र ४ गते भारतको मुम्बईमा आयोजित 43rd SEACEN Board of Governors’ (BOG) Meeting 59th / SEACEN Governors' Conference/HighLevel Seminar मा सहभागी भएका थिए ।
भारतीय रिजर्व बैंकद्वारा आयोजित उक्त सम्मेलनको पहिलो दिन 'Navigating Economic Headwinds and Advancing Financial Inclusion: Perspectives and Challenges' विषयक सेमिनार सम्पन्न भएको थियो ।
सेमिनारमा एसईएसीइएनका कार्यकारी निर्देशक मङ्गल गोस्वामीले स्वागत मन्तव्य राखे भने रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले सम्मेलनको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए ।
सो अवसरमा 'The Drivers and Road to Achieving Inflation Targets - Challenges Ahead', 'Challenges and Implications of Higher for Longer Interest Rates' / 'Leaving No One Behind: The Role of Digital Public Infrastructure in Financial Inclusion' तीन वटा सेसनमा प्यानल छलफल भएको भयो ।
त्यस क्रममा कोभिड–१९ सङ्क्रमण यताको अवधिमा विश्व अर्थतन्त्रले सामना गरेका मुद्रास्फीति, उच्च ब्याजदर, भू–राजनीतिक तनावलगायतका चुनौतीबारे विस्तृत छलफल भएको थियो ।
सम्मेलनको तेस्रो सेसनमा गभर्नर अधिकारी प्यानलिष्टको भूमिकामा सहभागी भएका थिए । सो अवसरमा उनले ‘डिजिटल फाउण्डेसन’ स्थापनामा पछिल्लो समय नेपालले उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्दै सन् २०२६ सम्ममा ‘केन्द्रीय बैंक विद्युतीय मुद्रा’ पाइलट परीक्षण गर्ने तयारी रहेको जानकारी दिए ।
उक्त सम्मेलनमा एसईएसीइएनका सदस्य संस्थाका गभर्नर र उच्च अधिकारीहरूको सहभागिता थियो । कार्यक्रमको दोस्रो दिन गभर्नर अधिकारी 43rd SEACEN Board of Governors’ (BOG) Meeting मा सहभागी भए ।
भारतीय रिजर्व बैंकको गभर्नर शक्तिकान्त दासको अध्यक्षतामा आयोजित बैठकमाा एसईएसीइएनका कार्यकारी निर्देशक मङ्गल गोस्वामीले सन् २०२३ मा भएका गतिविधि र चालु रणनीतिक योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी दिए ।
बैठकमा सन् २०२४ का निम्ति प्रस्तावित प्रशिक्षण र अनुसन्धान, बजेट, साङ्गठनिक नतिजालगायतका विषयमा छलफल भई सहभागीको राय/सुझावका आधारमा प्रस्तावहरू अनुमोदन भएको थियो ।
सो अवसरमा गभर्नर अधिकारीले समेत आफ्नो मन्तव्य राखेका थिए । बैठकका क्रममा गभर्नर अधिकारीले भारतीय रिजर्व बैंक र नेसनल बैंक अफ कम्बोडियाका गभर्नर तथा मनिटरी अथोरिटी अफ सिङ्गापुरका मेनेजिङ डाइरेक्टरसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए ।
एसईएसीइएन को ६० औँ गभर्नर्स सम्मेलन र ४४ औं बोर्ड अफ गभर्नर्स बैठक दक्षिण कोरियामा हुने जनाइएको छ । सम्मेलनमा सहभागी भई गभर्नर अधिकारी २०८० फागुन ८ गते स्वदेश फर्किए ।
एनपीआई र युपीआईको भुक्तानी प्रणाली एकीकृत गर्ने टिओर हस्ताक्षर नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीको विकासको निम्ति नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) र भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) को प्रणालीलाई एकीकृत गर्ने सम्बन्धमा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्बन्धमा समझदारी भई एक तर्म अफ रिफ्रेन्स (टिओआर) मा हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा २०८० फागुन ३ गते भारतको मुम्बईमा आयोजित कार्यक्रममा सोसम्बन्धी द्विपक्षीय समझदारीको (टिओआर) मा हस्ताक्षर भएको हो ।
टिओआरमा नेपाल राष्ट्र बैंकका तर्पmबाट विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र भारतीय रिजर्व बैंकको तर्पmबाट भुक्तानी तथा फछ्र्यौट विभागका चिफ जनरल मेनेजर गुनबीर सिंहले हस्ताक्षर गरे ।
सो अवसरमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच गठित अन्तरदेशीय विद्युतीय भुक्तानीसँग सम्बन्धित जोइन्ट स्टेरिङ कमिटि पहिलो बैठकसमेत सम्पन्न भएको छ ।
एनपीआई र युपीआईको भुक्तानी प्रणालीको एकीकृत गर्ने सम्झौताको कार्यान्वयनपछि दुई मुलुकबीच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार सहज, सुलभ, छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ ।
यसबाट नेपाल र भारतका नागरिकलाई आफ्नो मुलुकमा विप्रेषण ट्रान्सफर, स्वास्थ्य उपचार, भ्रमण खर्चको भुक्तानीका निम्ति सहज हुने विश्वास लिइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको समयमा एनपीआई र युपीआईबीच अन्तरआबद्धताको लागि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेडबीच सन् २०२३ जुनमा समझदारीपत्र आदानप्रदान भएको थियो ।
Advertisment