Below Menu
Below Menu

नोक्सानी घटाउँदै भूगोल इनर्जी

नोक्सानी घटाउँदै भूगोल इनर्जी

काठमाडौं : भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको खुद नोक्सानी घटेको छ।

पुस मसान्त सम्ममा कम्पनीले १ करोड १४ रुपैयाँ खुद नाफा नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा नोक्सानीमा थियो थियो ।

यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी भने ११६.२१ प्रतिशतले बढेर ३ करोड ७१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ७१ लाख रुपैयाँ बराबरको बिद्युत बिक्रि गरेको थियो ।

५४ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) २ रुपैयाँ ११ पैसा ऋणात्मक छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ६०.१४ रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार