Below Menu
Below Menu

गरिमा क्यापिटलले ल्यायो निःशुल्क मेरो शेयर र डिम्याट खाता सम्बन्धी “सित्तैको’’ योजना

गरिमा क्यापिटलले ल्यायो निःशुल्क मेरो शेयर र डिम्याट खाता सम्बन्धी “सित्तैको’’ योजना

काठमाडौं : गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत नेपाली नागरिकहरूले २०८१ साल असार मसान्तसम्म “सित्तैमा’’ डिम्याट र मेरो शेयर खाता खोल्न सक्नेछन् ।

ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटलको वेवसाईट www.garimacapital.com/  मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन् ।

यो सुविधा लिनको लागी घरमै बसी https://demat.garimacapital.com/#/register लिङ्कमा गई सिधै “सित्तैमा’’ डिम्याट र मेरो शेयर खाता खोल्न सकिनेछ ।

यसकासाथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं। ०१ ४५२९१४९र५०, ४५१६६९१ र मोबाईल नम्बर ९८४७३७९१०८Viber/WhatsApp मा समेत सोझै सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ । क्यापिटलका अनुसार फेसबुक, इन्स्टाग्राम मार्फत पनि जानकारी लिन सकिनेछ ।

Advertisment

थप समाचार