काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले कम्पनीले हाल कायम चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
कम्पनीले उक्त लाभांश वितरण पश्चात कायम हुने चुक्ता पुंजीको २७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । बीमा प्राधिकरणले हकप्रद स्वीकृत गरेपछि, साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।
Advertisment