Below Menu
Below Menu

दुई हजार बिन्दुबाट तल झर्यो शेयर बजार, दुई कम्पनीकाे शेयरमूल्यमा नेगेटिभ सर्किट 

दुई हजार बिन्दुबाट तल झर्यो शेयर बजार, दुई कम्पनीकाे शेयरमूल्यमा नेगेटिभ सर्किट 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २०.७६ अंकले घटेर २००५.८३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटसँगै कारोबार रकममा पनि निरन्तर गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब २० करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु) कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो ।
आज समाज लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार