काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार सवा एक करोड कित्ता बोनस शेयर थपिएको छ । नेप्सेले नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट् र शाइन रेसुङगा डेभलपमेन्ट बैैंकको एक करोड २२ लाख ६२ हजार ८४३ दशमलव ३७ कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनसपछिको १४ लाख ९४ हजार ७६६ कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै शिवम् सिमेन्टको १४.२५ प्रतिशत बोनसपछिको ६२ लाख ७० हजार कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
त्यसैगरी नेप्सेले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनसपछिको ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता शेयर सूचीकृत गरेको छ । उक्र सूचीकृत शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment