Below Menu
Below Menu

ओमसहित चार अस्पतालको फोहोर संकलनमा महानगरको रोक 

ओमसहित चार अस्पतालको फोहोर संकलनमा महानगरको रोक 

काठमाडौं : काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आज ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ ।

कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल र चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । कलंकी क्षेत्रका अस्पतालहरुको गएको शुक्रबार र चावहिल क्षेत्रका अस्पतालको आज अनुगमन गरिएको थियो । 

यस अघि महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ 

Advertisment

थप समाचार