Below Menu
Below Menu

आईपीओ निष्काशनको तयारीमा क्रेष्ट माइक्रो लाइफ

आईपीओ निष्काशनको तयारीमा क्रेष्ट माइक्रो लाइफ

काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारी गरेको छ । आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले चैत ५ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले प्रथम वार्षिक साधारण सभा शुभ होटल वीरेन्द्रनगर, सुर्खेतमा बोलाएको हो। सभाले आईपीओ निष्काशनका साथै सोसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

Advertisment

थप समाचार