Below Menu
Below Menu

नेफ्स्कूनद्वारा एकीकृत गैर–स्थलगत सुपरिवेक्षण शुभारम्भ

नेफ्स्कूनद्वारा एकीकृत गैर–स्थलगत सुपरिवेक्षण शुभारम्भ

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले प्रणालीमार्फत आफ्ना सदस्य संस्थाहरुको प्रविधिमार्फत एकीकृत रुपमा गैर–स्थलगत सुपरिवेक्षण तथा अनुगमन कार्य प्रारम्भ गरेको छ । नेफ्स्कूनले सदस्य सूचना प्रणाली (एमआईएस) मा आवश्यक परिमार्जन तथा नवीनतम विशेषताहरु थप गरी सदस्यहरुको गैर स्थलगत सुपरिवेक्षण तथा अनुगमनको कामलाई व्यवस्थित, बैज्ञानिक र समयानुकूल बनाएको हो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटासहितको उपस्थितिमा आइतबार एक कार्यक्रमका बीच प्रविधिमार्फत एकीकृत रुपमा गैर–स्थलगत सुपरिवेक्षण शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यत्रममा नेफ्स्कूनका अध्यक्ष ढकाल तथा बरिष्ठ उपाध्यक्ष अधिकारीले एकीकृत एवम् वैज्ञानिक गैर स्थलगत सुपरिवेक्षणले लागत कम गर्नुका साथै अनुगमनलाई पनि प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । सदस्य संस्थाका वित्तीय प्रतिवेदनहरुसँगै मानव संशाधनको पछिल्लो अवस्था, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका बैठकहरुसँगै सुशासनका यावत विषयहरुमा यो एमआईएस प्रणालीमार्फत अद्यावधिक तथ्याङ्क, सूचना तथा जानकारी उपलब्ध हुने भएकाले यसले विशेष महत्व रहने दाबी गरे ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.शिवजी सापकोटाले पहिलो चरणमा  गुणस्तर सुनिश्चितता तथा जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी संस्थाहरुबाट सुपरिवेक्षण तथा अनुगमन गरिने जानकारी गराए ।

सुरुमा एक्सेस, प्रोवेशन तथा कब्र्स कार्यक्रममा आवद्ध संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण तथा अनुगमन गरिनेछ,’ उनले भने, ‘त्यसपछि बिस्तारै सबै सदस्यहरुको अद्यावधिक जानकारी यसबाट उपलब्ध हुनेछ ।’ गैर स्थलगत सुपरिवेक्षण अन्तर्गत विद्यमान समस्याहरुको एकमुष्ट सम्बोधन हुने गरी एमआईएस प्रणालीलाई दु्रत गतिमा परिस्कृत गरी यो उपलब्धि हासिल गरिएको सीईओ सापकोटाले जानकारी गराए ।

यसले नेफ्स्कूनको सञ्जालभित्रका सबै सदस्यहरुको कुल कारोबार, बचत तथा ऋण लगानी, सेयर पुँजी, सञ्चालक समिति तथा व्यवस्थापन समूहसँगै अन्य आवश्यक सबै तथ्याङ्क, सूचना र जानकारी एकीकृत रुपमा उपलब्ध हुने दाबी उनले गरे । नेफ्स्कूनको सदस्य सूचना प्रणालीलाई थप चुस्त बनाई संघको सञ्जालभित्रको यकिन तथ्याङ्कहरु प्राप्त गर्ने गरी यो कार्यक्रम शुरुवात गरिएको हो ।

यसमार्फत सदस्य संस्थाहरुले सहजतापूर्वक आफ्नो वित्तीय तथा गैरवित्तीय अवस्था केन्द्रीय संघलाई जानकारी गराउन सक्ने मात्र नभई आफूलाई परेका समस्याहरुपनि सजिलै समाधान पाउने सीईओ डा. सापकोटाले बताए।  

Advertisment

थप समाचार