Below Menu
Below Menu

बैंकबारे सडकबाट अनर्गल प्रचार भयो, सरकारको साथ पाइएनः अध्यक्ष केसी 

बैंकबारे सडकबाट अनर्गल प्रचार भयो, सरकारको साथ पाइएनः अध्यक्ष केसी 

काठमाडौं : नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्था लक्षित गरी अनर्गल प्रचार भैरहेको बताएका छन् । नेपाल बैंकर्स सङ्घले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उनले बैंक तथा वित्तीय संस्थाहरुले सङ्कटको सामना गर्नुपरिरहेका बेला सरकारको तर्फबाट पर्याप्त सहयोग नभएको गुनासो गरे ।

अहिले ब्याजदर घट्दोक्रममा रहेको र स्थिरतातर्फ गैरहेको उनको भनाइ छ । त्यस्तै मुद्रास्फीति घट्दो रहेको, बाह्यक्षेत्र सन्तुलनमा रहेको, रेमिट्यान्स बढेकोलगायत कारण अर्थतन्त्र सहज हुँदै गएको उनको दाबी छ ।

समग्र आर्थिक संकुचन आउँदा बैंक तथा वित्तीय संस्थाको नाफा पनि खुम्चिएको उनले बताए । “बैंकहरुको रिटर्न अन इक्युटी घटिरहेको छ । अहिले यो करिब नौ प्रतिशत मात्रै छ । यो पटकको कर्जा प्रवाह गतवर्षको भन्दा केही बढेको भएपनि लक्ष्यअनुसारको वृद्धि देखिन सकेको छैन”, केसीले भने, “यस्तो बेलामा बैंक तथा वित्तीय संस्थाबारे सडकबाट अनर्गल प्रचार भयो । अहिले बैंकिङ क्षेत्रले सबैको साथ खोजेको छ ।”

आर्थिक शिथिलताको असर निर्माण क्षेत्र र साना तथा मझौला उद्योगहरु गम्भीर रुपमा देखिएकाले त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जा उठ्न नसकेको र थप कर्जा प्रवाह गर्नसक्ने अवस्था पनि नरहेको केसीको बुझाइ छ । यद्यपि, नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको पनि उनले जिकिर गरे । 

Advertisment

थप समाचार