काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
हिजो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई पाँच प्रतिशत करसहित नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार १९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरको हो ।
निर्णय नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउनेछन् ।
Advertisment