काठमाडौं : ठमेल प्लाजा होटल एण्ड सुइटस्ले साधारणसभा बोलाएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्र्रस्तावसहित चैत्र ७ गते बुधबार साधारणसभा बोलाएको हो ।
उक्त सभा ठमेल प्लाजा होटल एण्ड सुइट्स्को सभाकक्ष ठमेल काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने, लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावा पारित गर्नेछ ।
यसका साथै सभाले बैंक तथा वित्तीय संस्थाबाट चुक्ता पुँजी र सञ्चित मुनाफा भन्दा बढी ऋण लिने तथा सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, पुँजी संरचना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) जारी गर्ने र यसका लागि सम्पूर्ण कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
Advertisment