ठमाडौं : लिन्च स्टक मार्केट लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीलेृ माघ ९ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर खरीद गर्ने अवधि थप गरेको हो । कम्पनीले १ः०.२० को अनुपातमा पुस ८ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि हकप्रद शेयर जारी गरेको थियो ।
यस अघि फागुन १४ गतेसम्म विक्री अवधि तय गरेको कम्पनीले आवेदन दिने अवधि २१ दिन थप गरेको छ । जसअनुसार चैत ६ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकति दरमा २ लाख ४५ हजार ३७ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।
सम्बन्धित शेयरधनीहरूले हकप्रद शेयर वापतको रकम लिन्च स्टक मार्केट लिमिटेडको नाममा रहेको मुक्तिनाथ विकास बैंकको नयाँ बानेश्वर शाखामा रहेको बैंक खाता नम्बर ०४८१०२००२२११८३०००००१ मा जम्मा गरी सो को भौचर कम्पनीको लेखा शाखामा बुझाउनुपर्नेछ । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि लिन्च स्टक मार्केट लिमिटेडनै रहेको छ ।
Advertisment