काठमाडौं : कुमारी बैंक लिमिटेडले ८ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान शेयरधनीहरुले खरि गर्ने पाउने गरी ८ लाख ११ हजार ७३५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले नौं जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । एक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिन भित्र आवेदन दिनुपर्नेछ ।
शेयर खरिदका लागि बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री गरिने बैंकले जनाएको छ ।
Advertisment