काठमाडौं : प्रभु बैंक लिमिटेडका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार न्यौपानेलाई पक्राउ गरेको हो ।
तत्कालिन सेञ्चुरी कमर्सियल बैंकमा कार्यरत रहँदा ऋण अनियमितता भएको भन्दै उनलाई सीआईबीले पक्राउ गरेको हो । (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।
ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
“दश जनालाई नियन्त्रणमा लिएका छौँ”, उनले भने, “अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।”
।
Advertisment