काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १३.१८ अंकले बढेर १९९२.३० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज बजारमा एक अर्ब ८६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब एक करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु) र बीपीडब्लु लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो ।
आज चिरख्वा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment