धितोपत्र बोर्डको अध्यक्ष छान्ने कार्यविधि तयार, यस्ता छन् मापदण्ड

धितोपत्र बोर्डको अध्यक्ष छान्ने कार्यविधि तयार, यस्ता छन् मापदण्ड

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्त गर्नको लागि कार्यविधि तयार भएको छ । बोर्डको अध्यक्ष छनोटका लागि धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले मंगलबार कार्यविधि तयार गरेको हो । 

Sponsored Advertisement

सेबोनको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न माघ ५ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । धितोपत्र सम्बन्धी ऐज २०ं६३ को अनुसार बोर्डको अध्यक्ष नियुक्त गर्न आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।
 
सोही व्यवस्था अनुसार सरकारले उक्त समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र विज्ञ सल्लाहकारका रुपमा शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला रहेका छन् । उक्त समितिले बोर्डको अध्यक्ष सिफारिसको लागि मापदण्ड तयार गरेको छ ।

कार्यविधि अनुसार बोर्डको अध्यक्ष बन्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । 

यसैगरी, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

सोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको पनि हुनुपर्ने कार्यविधिमा उल्लेख छ । अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ ९संशोधन सहित० को दफा ३ ९ग० बमोजिम तीस वर्ष उमेर पूरा भई पैँसट्ठी वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

 

थप समाचार