काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सक्नेछन् ।
आईपीओमा १० अर्ब २२ करोड ३४ लाख ३४ हजार ४४९ रुपैयाँ बराबरको आवेदन परिसकेको छ । यो मागभन्दा १०.२० गुणा बढी हो ।
सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेगतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो ।
Advertisment