काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित भएका सहकारीका ऋणी, संचालक तथा सरोकारवालाहरुलाई निर्देशन जारी गरेको छ ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका ऋणी, संचालक तथा सरोकारवालाहरुलाई ६ बुँदे निर्देशन जारी गरकेाे हो ।
कार्यालयलले संचालक तथा कर्मचारीले सो सहकारीसँग सम्बन्धित सम्पुर्ण कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनैपनि कारोवार नगर्न निर्देशन दिएको हो ।
त्यसैगरी समितिले संचालक र कर्मचारीले समिति समक्ष उपस्थित भै आवश्यक सहयोग गर्न, ऋणी सदस्यहरुले यस समितिमा सम्पर्क राखि ऋण भुक्तानी गर्न र साविक संचालक÷कर्मचारीसँग भुक्तानी सम्वन्धि कारोवार नगर्न समेत निदेर्शन दिएको छ ।
बचत कर्ताहरुले बचतसँग सम्वन्धित सम्पुर्ण प्रमाणहरु सुरक्षित राखी यस समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछी समितिसमक्ष निवेदन पेश गर्न समेत समितिले भनेको छ ।
समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागी समितिको कार्यालयसँग मात्र काम कारवाही गर्ने समेत निदेर्शन दिएको छ ।
सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न मितिको निर्णयबाट समस्याग्रस्त घोषणा भै सम्पत्ति व्यवस्थापन तथा दायित्व भूक्तानी सम्बन्धि कार्य समितिले गर्ने छ ।
सोहि ऐनको दफा १११(१) बमोजिम सो सहकारी संस्थाको संचालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।
Advertisment