Below Menu
Below Menu

बैंकहरुमा ३८ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

बैंकहरुमा ३८ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ३८ करोड रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषको ३८ रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ र कर्मचारी सुरक्षण कोषको २४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्न लागृेको हो ।

कोषको उक्त रकम चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १ज्ञ करोड २० करोड, ‘ख’ वर्गका विकास बैंकमा २ करोड १० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ७० लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।

त्यस्तै केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषकोमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १९ करोड २० लाख, ‘ख’ वर्गका विकास बैंकमा ३ करोड ६० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड २० लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी माघ २४ गते राती ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार