Below Menu
Below Menu

हकप्रद निष्काशन गर्न राप्ती हाईड्रो र दोर्दी खोलालाई आयोगको अनुमति

हकप्रद निष्काशन गर्न राप्ती हाईड्रो र दोर्दी खोलालाई आयोगको अनुमति

काठमाडौं : विद्युत नियमन आयोगले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद निष्काशन गर्ने अनुमति दिएको छ। यी दुबै कम्पनीहरुले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगको अनुमति पाएका हुन् । 

आयोगको अनुमति पाएसँगै राप्ती हाईड्रोले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

त्यसैगरी दोर्दी खोलाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

Advertisment

थप समाचार