श्रृजनशील र मानुषी लघुवित्तकाे मर्जर ताेडियाे

श्रृजनशील र  मानुषी लघुवित्तकाे मर्जर ताेडियाे

काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रक्रिया अघि बढाएको छ। श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखेका कारण डिमर्ज प्रक्रिया अघि बढाएको मानुषी लघुवित्तले जनाएको छ।

यी दुई लघुवित्तले २०७९ चैत २ गते एक आपसमा मर्ज हुन समझदारी पत्र र २०८० पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरी गत माघ ७ गते अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र नेप्से पठाएका थिए।

तर हाल श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखिएको जनाउँदै मानुषी लघुवित्तले डिमर्जको प्रक्रिया अघि बढाएको जानकराी दिएको हो । 
 

थप समाचार