Below Menu
Below Menu

अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने 

अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (फागुन १७ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले १ः१ को अनुपातमा अर्थात एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको एक करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ १५ गते बुकक्लोज गरेको थियो । जसअनुसार माघ १४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले कम्पनीको हकप्रदमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 

यसका साथै लगानीकर्ताले सि आस्वा र मेरो शेयरबाट पनि आवेदन दिने सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ ।
 

Advertisment

थप समाचार