काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ०.८७ अंकले घटेर २०००.७७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकम भने सामान्य सुधार आएको छ । आज बजारमा दुई अर्ब ५९ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा दुई अर्ब तीन करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ११ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु) रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो ।
आज जोशी हाइड्रोपावरको कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।
Advertisment