Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईं

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईं

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई ४ वर्षको लागि नियुक्ति गरेको हो ।

प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेको अनुभव छ ।

साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर काम गरिसकेका छन् ।

Advertisment

थप समाचार