काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.२५ नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Advertisment