Below Menu
Below Menu

सूर्यज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ९० रुपैयाँसम्म पाइने 

सूर्यज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ९० रुपैयाँसम्म पाइने 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट फागुन २० गते स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ९० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख योजना अन्तर्गत (सूर्यज्योति सुरक्षित बचत, सुनौलो भविष्य बाल जीवन बीमा, एकल तथा सिमित अवधि भुक्तानी ‘विकल्प –१’ र एकल तथा सिमित अवधि भुक्तानी ‘विकल्प –२’) बीमा याृेजनामा प्रतिहजार न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, कम्पनीले सावधिक मै (सूर्यज्योति संरक्षित सावधिक –५१, सिमित अवधि भुक्तानी योजना, संरक्षित बाल जीवन बीमा, सामुहिक सावधिक जीवन बीमा , सावधिक जीवन बीमा र सावधिक लघुजीवन बीमा) योजनामा न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै कम्पनीले सावधिक तथा आजिवन योजना अन्तर्गतको (सूर्यज्योति सुरक्षित भविष्य जीवन बीमा) योजनामा न्युनतम प्रतिहजार ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, सूर्यज्योति सुदर्शन सावधिक तथा आवधकि योजनामा न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले अग्रिम भुक्तानी योजनामा (सूर्यज्योति आसाधन अग्रिम भुक्तानी, धनवृद्धि जीवन बीमा योजना, सजिलो ‘वार्षिक’ भुक्तानी, अग्रिम भुक्तानी बाल जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ४२ रुपैयाँदेखि ६० रुपैयाँ बोनदर दिने भएको छ । 

नयाँ बोनसदर अन्तर्गत कम्पनीले चौरासी पुजा अग्रिम भुक्तानी योजनामा नियमित तर्फ न्युनतम ४५ रुपैयाँदेखि ६० रुपैयाँ ७० रुपैयाँ र एकल तर्फ ७५ रुपैयाँदेखि ९० रुपैयाँसम्म दिने भएको छ भने इजि पे अग्रिम भुक्तानी योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म दिने भएको छ ।

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
 

Advertisment

थप समाचार