काठमाडौं : सत्ता समीकरण फेरबदलले शेयर बजारमा उछाल आएको छ । सोमबार कारोबार खुलेको ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बजार बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।
सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको छ। कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र बजार ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
प्रि–ओपनिङको समयमा १५ अंकले बढेको नेप्से परिसूचक त्यसको केही समयमा नै ७९.२९ अंकले बढेर बढेर २०३९.६० बिन्दुमा पुगेको हो । यस अवधिमा १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।
कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
Advertisment