Below Menu
Below Menu

नेप्से परिसूचकमा तेस्रो सर्किट, सोमबारको कारोबार बन्द 

काठमाडौं : सत्ता समीकरण फेरबदलले नेप्से परिसूचक आज लगातार तेस्रो सर्किट लागेको छ । दोस्रो सर्किट लागेर कारोबार सुरु १ मिनेटमै शेृयर बजार ६ प्रतिशत अर्थात ११७.७० अंकले बढेरपछि पुनः तेस्रो सर्किट लागेको हो । 

दोस्रो सर्किट लागेको १ मिनेट नपुग्दै बजार ६ प्रतिशतले बढेपछि सोमबारको लागि शेयर कारोबार बन्द भएको छ । यस अवधिमा बजार बढेर २०७८ बिन्दुमा पुगेको छ भने ३७ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

सोमबार कारोबार सुरु भएको ३ मिनेटमै नेप्सेमा ७९.२९ अंकको उछाल देखिएको थियो । त्यसपछि बजार २० मिनेट लागि बन्द भएको थियो। त्यसलगत्तै खुलेको बजारमा ५.०३ प्रतिशतको वृद्धि हुँदै २०५९ अंकमा पुगेको थियो ।

Advertisment

थप समाचार