काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको आईपीओ फागुन २५ गते, शुक्रबार, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको हो ।
कम्पनीले सर्वसाधारणका प्रतिकित्ता ३६०.९० रुपैयाँ गत फागुन १३ गतेदेखि १६ गतेसम्म बिक्रीमा ल्याएको कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। जसमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिने क्उापिटलले जनाएको छ । जस अनुसार ५५ हजार ५२१ जना आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।
Advertisment