Below Menu
Below Menu

समस्याग्रस्त सहकारीका ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम 

समस्याग्रस्त सहकारीका ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम 

काठमाडौं : समस्याग्रस्त सहकारीका ऋणीहरुलाई ऋण चुक्ता गर्न सूचना जारी गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सोमबार एक सूचना जारी गर्दै ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम दिएको हो । 

कार्यालयले पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, शिव शिखर बहुउद्देश्यीय सहकारी, तुलसी बहुमुखी सहकारी, हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारीका ऋणीहरुलाई ऋण तिर्न भनेको हो । 

कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ,‘नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरुले सो संस्थाबाट लिनुभएको ऋण रकमको सावाँ ब्याज यो सूचना प्रकाशित गरिएको ३५ दिन भित्र समितिको कार्यालयमा उपस्थित भै राफसाफ गर्नुहुन सुचित गरिन्छ ।’

तोकिएको समयभित्र आफ्नो दायित्त्व राफसाफ नगरेको खण्डमा सहकारी ऐन, २०७४ को दफा ११५को उपदफा (१) को खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचिमा राख्ने समेतको कारवाही हुने समेत समितिले जनाएको छ ।

Advertisment

थप समाचार