Below Menu
Below Menu

सिंगटी हाइड्रो इनर्जीको हकप्रदमा आजसम्म आवेदन दिन सकिने 

सिंगटी हाइड्रो इनर्जीको हकप्रदमा आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिने रहेको छ । गत फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको  हकप्रद शेयरमा लगानीकर्ताले आज साँझ ५ बजेसम्म आवेदन दिने दिन सक्नेछन् । 

कम्पनीले हाल कायम १ः१ को अनुपातमा हकप्रदशेयर निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। जसअनुसार पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सि–आस्वा सेवा र मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । 

Advertisment

थप समाचार