सोनापुर मिनरल्सको ‘लक इन’ अवधि चैत २३ गते सकिने, चार लाख कित्ता बढी शेयर थपिदै 

सोनापुर मिनरल्सको ‘लक इन’ अवधि चैत २३ गते सकिने, चार लाख कित्ता बढी शेयर थपिदै 

काठमाडौं : सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २३ गतेबाट सकिने भएको छ  । कम्पनीले सामुहिक लगानी कोषका लागि छ्ट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयरमध्ये ४ लाख २ हजार १९ कित्ता शेयरको लकइन पिरियड खुल्ला भएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले चुक्ता पुँजी तीन अर्ब सात करोड ५० लाखको ४० प्रतिशत अर्थात एक करोड २३ लाख २०० कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो । 

जसमध्ये सामुहिक लगानी कोषका लागि छ्ट्याएको ५ प्रतिशत अर्थात ६लाख ८ हजार २८४ कित्ता शेयरमा नेपाल धितोपत्र बोर्डका निर्देशन अनुसार ४ लाख २ हजार १९ कित्ता लक इनमा राखिएको थियो । 

नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते म्युचुअल फन्डहरुलाई बिक्री गरेको आईपीओ ६ महिनासम्म ‘लक इन’ राख्नु पर्ने व्यवस्था गरेको थियो । लक इन अवधि सकिएपछि म्युचुअल फन्डले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

थप समाचार