काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १७०.१७ अंकले बढेर २०७८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएक ३३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकम भने सुधार आएको छ । आज बजारमा चार अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ३७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको हो । आज बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment