Below Menu
Below Menu

फागुन ३० बाट नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार

फागुन ३० बाट नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार

काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ ।

यसैगरी, धितोपत्र बोर्डले पनि कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिएको थियो । दुवै संस्था मर्जर भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ को नामबाट कारोबार हुनेछ ।

दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

फागुन ३० गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेसन गर्न दुवै कम्पनीको फागुन २९ गते सबै सेवा अवरुद्ध हुनेछन् ।

Advertisment

थप समाचार