हाथवे इन्भेष्टमेन्ट नेपालको ‘लक इन’अवधि चैत १ गते सकिने, ३६ हजार कित्ता बढी शेयर थपिदै 

हाथवे इन्भेष्टमेन्ट नेपालको ‘लक इन’अवधि चैत १ गते सकिने, ३६ हजार कित्ता बढी शेयर थपिदै 

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत १ गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छ्ट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयरमध्ये ३६ हजार ५१२ कित्ता शेयरको लकइन पिरियड खुल्ला भएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले चुक्ता पुँजी एक अर्ब १७ करोडको १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमा २९ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो । 

जसमध्ये सामुहिक लगानी कोषका लागि छ्ट्याएको ५ प्रतिशत अर्थात एक लाख ४६ हजार २५० कित्ता शेयरमा नेपाल धितोपत्र बोर्डका निर्देशन अनुसार ३६ हजार ५१२ कित्ता लक इनमा राखिएको थियो । 

नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते म्युचुअल फन्डहरुलाई बिक्री गरेको आईपीओ ६ महिनासम्म ‘लक इन’ राख्नु पर्ने व्यवस्था गरेको थियो । लक इन अवधि सकिएपछि म्युचुअल फन्डले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

थप समाचार