Below Menu
Below Menu

बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो सीडी रेसियो 

बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो सीडी रेसियो 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंककाअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो ।

बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल आएको छ  । केही समयअघिदेखि ठप्प रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी केही मात्रामा बढ्न थालेको हो ।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ६१ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । फागुन १९ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ । 

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४५ खर्ब एक अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ८७ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

बैंकिङ प्रणालीमा कर्जा प्रवाह बढ्न थालेसँगै सिडि रेसियो पनि बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८०.०२ प्रतिशत रहेको छ ।  

Advertisment

थप समाचार