Below Menu
Below Menu

शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति माग्दै खानीखोला हाइड्रोपावरले दियो बोर्डमा निवेदन 

शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति माग्दै खानीखोला हाइड्रोपावरले दियो बोर्डमा निवेदन 

काठमाडौं : खानीखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ः१ को अनुपातमा १०० प्रतिशत हकज्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै बोर्डसँग अनुमति मागेको हो । 

बोर्डको अनुमति पाएसँगै हाइड्रोपावरले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद बिक्री खुला गर्नेछ।

हकप्रद निष्कासन पछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। हाइड्रोपावरको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

Advertisment

थप समाचार