काठमाडौं : नयाँ सत्ता गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । नेकपा एमाले–माओवादी केन्द्रसहितको सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा टुङ्गो लागेको हो ।
गठबन्धनबीच नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ । जसमा अर्थमन्त्रालयको नेतृत्व नेकपा माओवादी केन्द्रले पाएको छ भने माओवादीका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का भएको छ ।
बुधबार बसेको गठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा सहमति गरेको हो । बैठकको सहमति अनुसार परराष्ट्र मन्त्रालमा माओवादीबाट नारायणकाजी श्रेष्ठ आउने पक्का भएको छ भने ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने भएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रबि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन्। त्यस्तै रास्वपाबाट शिक्षा विद्दान तथा प्रविधि मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ आउने भएका छन् भने श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल बन्ने पभएक छन् ।
त्स्तै एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा रघुवीर महासेठ बन्ने सहमति भएको छ । राजेन्द्र राई, ज्वालाकुमारी शाह, दामोदार भण्डारी, भगवती चौधरीलाई पनि एमालेले पुनः सरकारमा पठाउने भएको छ । विमला राई पौड्यालको ठाउँमा कपिलवस्तु १ बाट निर्वाचित बलराम अधिकारीलाई पठाइने भएको छ ।
भागबण्डाको टुंगो लागेसँगै बुधबार साँझसम्म शपथ ग्रहणको तयारी भइरहेको छ । नयाँ मन्त्रीहरूको शपथ आजै साँझ ५ बजे गर्ने तयारी भइरहेको छ ।
Advertisment