Below Menu
Below Menu

सहकारीको समस्या समाधान गर्ने जिम्मेवारी बलराम अधिकारीको काँधमा

सहकारीको समस्या समाधान गर्ने जिम्मेवारी बलराम अधिकारीको काँधमा

काठमाडौं : सहकारी क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी बलराम अधिकारीको काँधमा आईपुगेको छ ।

बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै समस्याको भारी उनको काँधमा सरेकाे छ । तत्कालिन मन्त्री मन्त्री रञ्जिता श्रेष्ठले सहकारीको समस्या समाधानमा सिन्को पनि नभाँची बिदा भएकी छिन् ।

पछिल्लो समय सहकारी सकसमा छ । केही सहकारीका सञ्चालकहरुले गरेको बदमासीका कारण सिंगो अभियान प्रति आम मानिसको हेराई त्यति सकारात्मक छैन ।

निकै चुनौतीपूर्ण घढिमा अधिकारीले सहकारी  मन्त्रालयको जिम्मेवारी लिएका छन् । सरकारको कारण देखाई समस्याबाट नेकपा एमाले पन्छिएको थियो । अब सहकारी क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी नेकपा एमालेबाटै मन्त्री बनेका अधिकारीको काँधमा आएको छ ।

सहकारीको समस्या समाधानमा काम के कस्ता काम गर्लान त्यो भने हेर्न बाँकी नै छ।

Advertisment

थप समाचार