Below Menu
Below Menu

सहकारी ठगीको आरोपमा जीबी राई सिंगापुरबाट पक्राउ

सहकारी ठगीको आरोपमा जीबी राई सिंगापुरबाट पक्राउ

काठमाडौं : सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु (जीबी) राई प्रकाउ सिंगापुरबाट पक्राउ परेका छन् ।

इन्टरपोलको सहयोगमा राईलाई पक्राउ गरिएको हो। पक्राउ बारे नेपाल प्रहरीले भने पुष्टि गरिसकेको छैन । 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी ठगी प्रहरीको अनुसन्धानमा देखिएको छ। अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको हो। गत साउन २२ गते उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

१ हजार ३६ जनाले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परिसकेका छन्। प्रहरीले अध्यक्षसहित १९ जनालाई प्रतिवादी बनाएको छ। 

Advertisment

थप समाचार