Below Menu
Below Menu

सिंगटी हाइड्रोकाे ‘लक इन’ अवधि चैत २६ गते सकिने, सवा एक करोड कित्ता शेयर थपिदै

सिंगटी हाइड्रोकाे ‘लक इन’ अवधि चैत २६ गते सकिने, सवा एक करोड कित्ता शेयर थपिदै

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २६ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले २०७७ चैत २७ गते कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि एक करोड १६ लाख ५८ हजार कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको एक करोड १ लाख ५० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको १४ लाख ५० हजार कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको ५८ हजार कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार