काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । आइतबार २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी चैत २७ गते, ९१ दिन अवधिको ट्रेजरी २०८१ जेठ २९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ फागुन २७ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल आइतबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र सात अर्ब २३ करोड ३२ रुपैयाँ बराबरको ९१ दिन अवधिको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment