काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ बिन्दुमा पुगेको हो ।बुधबार नेप्से ९.३३ अंकले घटेर २०१७.०३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकम भने सुधार हुन सकेको छैन । आज बजारमा तीन अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमोटर शेयरको सर्र्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा पिपुल्स हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज एनआईसी एशिया ग्रोथ फण्ड २ को शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
Advertisment