काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको करिब ५६ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त र युनाइडेड अजोड इन्स्योरेन्सको ५५ लाख ९५ हजार ३९१ कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.८३ प्रतिशत बोनसपछिको १९ लाख ८६ हजार २२४ कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाको १४ प्रतितश बोनस पछिको १६ लाख ५४ हजार ८४७ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
त्यसैगरी नेप्सेले युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनसपछिको १९ लाख ५४ हजार ३२० कित्ता बोनस शेयर सूचीकृत गरेको हो । उक्त शेयर हितग्राहीको खातमा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment