Below Menu
Below Menu

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, ९ लाख ३ हजारको हात खाली

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, ९ लाख ३ हजारको हात खाली

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ आज (शुक्रबार) बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका थिए । कम्पनीको आईपीओमा ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओ ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। त्यस्तै २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता शेयर प्राप्त गरेका छन् । ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ ।

 

Advertisment

थप समाचार