Below Menu
Below Menu

सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी मधु सुदन शर्मा र प्रेम राज पन्तको नाममा रहेको ४२ हजार ९८२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले विद्यमान शेयरधनीले खरिद गर्न पाउनेगरी उक्त शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न ईच्छुकहरु शेयरधनीले आवश्यक कागजात सहित ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आईपुग्ने गरी निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ । 

तोकिएको समयभित्र संस्थापक शेयरभनीको आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुका लागि शेयर खुला गरिने बैंकले जनाएको छ ।

Advertisment

थप समाचार